चर्चित अभिनेता ऋषि कपुरको निधन

3922

एजेन्सी : बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएका ६७ वर्षीय अभिनेता कपुरको उपचारका क्रममा निधन भएको हो । उनलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए ।