राष्ट्रिय जनता पार्टी चौथो वर्षमा प्रवेश

1581

काठमाडौँ – तराई मधेस केन्द्रित ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी चौथो वर्षमा प्रवेश गरेको छ। २०७४ वैशाख ७ गते महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी , महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्वावाना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) शरद सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी मिलेर घोषणा भएको थियाे। पार्टी एकता घोषणा हुँदा एक वर्षभित्र एकताको महाधिवेशन गर्ने भने पनि चौथो वर्ष प्रवेश गर्दा पनि अझै निश्चित भएको छैन।

२०७२ सालमा नेपालको संविधान जारी हुँदा ६ वटै दलले आफ्ना माग सम्बोधन नभएको भन्दै सडक आन्दोलन चर्काएका थिए। अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले कोरोनाको कारण औपचारिक रुपमा पार्टी स्थापना दिवस मनाउन नसकिएको जानकारी दिएका छन्।

भण्डारील भनेका छन्, ‘अहिले पुरै विश्व कोरोना भाइरस महामारीको चपेटामा छ। त्यसकारण यस वर्ष हामीले कुनै औपचारिक कार्यक्रम गर्न सकेनौं ।तसर्थ यस महामारीबाट जोगिन सम्पुर्ण पार्टी पंक्तिलाई एकढिका भै दृढ संकल्पका साथ लक डाउनको नियम पाल्ना गर्न गराउन हुन आग्रह गर्दछौं।’

राजपामा प्रत्येक दुई महिनामा संयोजक परिवर्तन हुने गरी चक्रिय नेतृत्व प्रणालीमा सञ्चालन भइरहेको छ ।

देश सञ्चार