लोेसपा नेपाल रौतहटको विस्तारित बैठक सम्पन्न, २१ सदस्यीय जिल्ला समिति विस्तार

205

रौतहट – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोेसपा) रौतहटको विस्तारित जिल्ला बैठक आज गौरस्थित रामजानकी धर्मशालामा सम्पन्न भएको छ। बैठक पार्टीका जिल्ला संयोजक भरत साहको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् संविधानसभा सदस्य निलम वर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बैठकमा लोेसपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्व प्रदेश सांसद बाबुलाल साह, मधेस प्रदेश उपाध्यक्ष विन्देश्वर यादव, केन्द्रीय सदस्यहरू रामप्रवेश दास, प्रभा सिंह, नेता योगेन्द्र यादवलगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बैठकले पार्टीको सांगठनिक सुदृढीकरण तथा स्थानीय तहमा पार्टी गतिविधि प्रभावकारी बनाउन २१ सदस्यीय जिल्ला कार्य समिति विस्तार गरेको घोषणा गरेको छ। नवगठित समितिमा विभिन्न पालिकाबाट प्रतिनिधित्व गराउँदै समावेशी र सहभागितामूलक संरचना बनाइएको छ।

जिल्ला अध्यक्ष भरत साहको नेतृत्वमा गठन भएको समितिमा भाग्यनारायण साह, हरिशंकर पाण्डे, विश्वम्भर यादव, उपेन्द्र यादव, शेख अतिउल्लाह, प्रमोद यादव, जयमंगल दास, बेला ठाकुर, रामप्रताप सिंह, तसलिम हुसेन, रुपा कुमारी, शान्ति भा, पुनकली देवी सहनी, मन्सारुल हक, विनोद साह, रुपेश प्रसाद यादव, मिना बैठा, लालबाबु यादव, शेख ओहाव र पवन जयसवाल रहेका छन्।

बैठकले प्रदेश र केन्द्रसँग समन्वय गर्दै स्थानीय मुद्दाहरूमा जनताको पक्षमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय समेत गरेको छ।