रौतहट । रौतहटको माधव नारायण नगरपालिका-५ मिठुअबामा आम जनता पार्टीले वार्ड कमिटी गठन गरेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र शाहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले विधार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम गराउने प्रतिबद्धतासहित रामएकल साहको अध्यक्षतामा १०१ सदस्यीय कमिटी गठन गरेको हो।
गठन गरिएको कमिटीमा महिन्दर साह, फिरोज मंसुरी, प्रेम राम, र मनुलाल ठाकुर उपाध्यक्षमा चयन भएका छन्। सचिवको जिम्मेवारी रविन्दर पासवानलाई दिइएको छ भने सहसचिव हजारि साह र कोषाध्यक्षको भूमिकामा समपतिया देवी चयन भएका छन्।
उक्त भेलामा पार्टीका स्थायी कमिटी सदस्यहरू उमाशंकर साह, रामकृत साह, रामनाथ माझी, पप्पु शाह, सिमल साह, र केन्द्रीय सदस्य दिनेश सहनीको उपस्थिति रहेको थियो।
भेलाले शिक्षा क्षेत्रमा सुधारका लागि आन्दोलन गर्ने संकल्प लिँदै आगामी दिनमा विधार्थी-शिक्षक अनुपात सुधार्न दबाबमूलक कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।