आफनै श्रीमतीको घाँटी थिचेर हत्या गर्ने श्रीमान पक्राउ

99

रौतहट । रौतहटको राजपुर नगरपालिकामा आफनै श्रीमतीको घाँटी थिचेर हत्या गर्ने श्रीमानलाई रौतहट प्रहरीले पक्राउ गरेका छन ।
राजपुर नगरपालिका वडा नम्वर ५ मदनी चोकमा गत जेठ ३२ गते विहान ४ बजेको समयमा मसुद आलम लहेरीले ३७ बर्षिया जेठी श्रीमती नजाबुन नेसालाई घाँटी थिचेर हत्या गरेका थिए । उनको दुईवटा बिहे रहेको बुझिएको छ ।

लहेरीले आफनै फुसको घरमा जेठी श्रीमती नेसालाई घरायसी विवादको कारण घाँटी थिचेर हत्या गरिएको थियो । प्रहरीले घटनाको सूचना पाउना साथ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धानको क्रममा मृतक महिलाको श्रीमान लहेरी संग सोधपुछ गर्ने क्रममा अन्ततः घाँटी थिचेर मारेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिईन् ।

आफूले नै श्रीमती नेसाको हत्या गरेको स्वीकार गरेपछि प्रहरीले ज्यान समबन्धी कसुर (कत्र्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप गराएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी गिरीले जानकारी दिईन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट प्रहरी अधिकृतको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गर्दै आरोपी मसुद लहेरिलाई सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।