नेपाल भारत सिमामा खटिएको सशस्त्र प्रहरीले कड़ाईका साथ दूरवीनले सिमा निगरानी

1822

रौतहट रौतहट जिल्लाको नेपाल भारत सिमामा खटिएको सशस्त्र प्रहरीले कड़ाईका साथ दूरवीनको सहायताले सिमा निगरानी गरिरहेका छन । विश्वभरीमा महमारिको रूप लिएर फैलिएका कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियंत्रण गर्ने उदेश्यले नेपाल सरकार तथा भारत सरकारले सिमामा आवागमन रोक लगाए पछि सिमामा खटाइएको सुरक्षाकर्मीहरु भारतीय सुरक्षाकर्मी मिलेर संयुक्त गस्ती गर्न लागिएको हो ।
रौतहटको ३३ किलो मीटर पूर्व पछि सिमानामा सुरक्षा गर्नको लागि सशस्त्र प्रहरी बल ११ नम्बर गणले अस्थाई पोस्ट स्थापना गरेका छन । रौतहटको राजदेवी नगरपालिका अन्तर्गत पर्ने सिमानामा ११ ठाउमा पोस्ट स्थापना गरी सिमानामा कड़ाई गरिएको सशस्त्र प्रहरी बल बीओपी लक्ष्मीपुर बेलविच्छवाका सशस्त्र प्रहरी निरीक्षक अजय कुमार थापाले जानकारी गराउनु भएको छ ।
राजदेवी नगरपालिका वड़ा नम्बर ८ मा दशगजा नजदीक निगरानी गर्नको लागि स्थापना गरिएको चेकपोस्टमा दूरवीनबाट निगरानी गर्ने गरेको थापाले जनाए ! पूर्व सर्लाही र पछि बारा जिल्लाको सिमाना सम्म चेकपोस्ट बनाइएको र साइकलको सहायताले गस्ती गर्ने गरेको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ ।