खगेन्द्र हमाल सुर्खेतको चौकुने गाउँपालिकाले भारत बाट आएका नेपाली दाजु भाईहरुले कम्तीमा १५ दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था मिलाएको छ । चौकुने गाउँपालिका वडा न. ६ मा रहेको जीवन ज्योति मावि मा कोरोना भाईरसको आशंका भएका व्यक्तिहरुको लागि बस्ने व्यवस्था मिलाईएको चौकुने गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले जानकारी दिए । आजै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारि, पर्यटन मन्त्री नन्दसिं बुढा, सुरक्षा निकायका प्रमुख , विभिन्न राजनैतिक दलका नेता, प्रत्रकार लगाएतले बिधालय परिसरको निरीक्षण गरेका छन । कर्णाली प्रदेश सरकारले बिधालय भित्र क्वारेन्टाइनमा बस्ने नागरिकका लागि १५ सय के.जि चामल, ( सोना मन्सुन) दाल सिमि १०० के.जि. नुन ५० केजि, मुसुरो दाल २० केजि, खुर्सानी २ केजि., चिनी ५ केजि , बेसार १ केजि , जिरा २ केजि, तेल २ पेटि चियापत्ती २ केजि र सोयाबिन १५ केजि खाद्यान्न समेत गाउँपालिकामा हस्तान्तरण गरेको छ । अत्यावश्यक खाद्यान्न हस्तान्तरण गर्दै कानुन मन्त्री भण्डारीले चौकुने गाउँपालिका कोरोना भाईरसको उच्च जोखिममा रहेकोले नेपाल सरकारले जारी गरेको लकडाउनको सबैले पालना गर्नु नै कोरोना बाट बच्नु हो भन्नू भयो । भारत वा अन्य मुलुक बाट आउनु भएका व्यक्तिहरु कम्तीमा दुई हप्ता क्वारेन्टाइनमा बसि सहयोग गरिदिन हुन समेत आग्रह गर्नु भयो । पछिल्लो तथ्यांक अनुसार चौकुने गाउँपालिकामा भारत बाट भित्रीनेको संख्या करिब ४ सय भन्दा बढी रहेको पाइएको छ ।।
Home अन्तर्राष्ट्रिय चौकुने गाउँपालिकाले भारतबाट आएकालाई १५ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलायो।