राैतहट गाैर नगरपालिका ९ वडाको राजश्व अनलाइनबाट

2920

रौतहट २५ मसिर– रौतहटको सदरमुकाम गौर नगरपालिकाले बिहीबारदेखि ९ वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लागु गरेको छ ।
रौतहटमा पहिलो स्थानीय तहले आफनो नगरका जनताहरुलाई सजिलो संग काम गर्न सुरु गरेको छ । गौर नगरपालिकाको सभाहलमा सुभारम्भ कार्यक्रमगरेको छ । सो कार्यक्रमको अध्यक्षता गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान रहेको थियो ।
प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता बिकास गर्दै आजदेखि सबै वडामा लागु गर्ने योजनासहितको सेवा सुरु गरिएको हो । गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले स्थानीयहरुको लागि सजिलोसंगै करदातालाई अनलाईन प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गर्नु भएको हो ।

No description available.


सेवा शुभारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रधानले हरेक वडामा जनताको सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लगेको जानकारी दिनुभयो । अबको प्रशासन सहभागितामुलक, पारदर्शी हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि प्रबिधि नै उपयुक्त विकल्प रहेको बताउनुभयो ।

अनलाइन प्रणालीले करदाताको अभिलेखीकरण र राजश्व प्रक्षेपण योजनामा ठूलो सघाउ पुग्ने जानकारी दिनुभयो । त्यतै सूचना प्रबिधि रौशन श्रीवास्तवले विद्युतीय प्रणालीबाटै कर मुल्याङ्कन गर्नु र निर्धारित कर भुक्तानी गर्नु स्मार्ट सिटी निर्माणका लागि पहिलो स्थानीय तह गौर नगरपालिकामा अनलाइन प्रणाली सुरु गरेको छ ।

No description available.


सफ्टवेयर निर्माण गरेको सांग्रिला इन्फरमेटिक्सका प्रतिनिधिले सम्पुर्ण वडामा सञ्चालनमा ल्याएको अनलाइन प्रणालीलाई विद्युतीय शासन, पारदर्शी सेवासँगै स्वास्थ्य सुरक्षाका कोणबाट पनि महत्वपूर्ण मान्न सकिने बताउनुभयो । ‘सार्वजनिक सेवालाई भरपर्दो, सुलभ, गुणस्तरीय र पहुँचयोग्य बनाउन यस प्रकारको प्रणाली अनिवार्य आवश्यकता हो । कोरोना महामारीका कारण स्वयं उपस्थित भएर सेवा प्रदान गर्न असहज भएको यस अवस्थामा विद्युतीय प्रणाली विकास गर्ने र कार्यान्वयन गर्ने उपयुक्त अवसर पनि हो,’ उहाँले भन्नुभयो ।

No description available.


सो कार्यक्रममा गौर नगरपालिकाका वडा अध्यक्ष लगायत सचिव र कम्प्युटर अपरेटर कर्मचारीहरु उपथ्यिती रहेको थियो ।