रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि लागि सरकारले लकडाउनको घोषणा गर्दै सबैलाई आआफ्नो घरभित्र बस्न आग्रह गरेको छ । तर दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्नुपर्ने बाध्यता पनि छ । तरकारी, खाद्यान्न, औषधिलगायतका बस्तु किन्न पनि पर्नेछ, भिडभाडबाट बच्नु पनि पर्नेछ ।
रौतहटमा भने तरकारी पनि किन्न पाइने, दुई पनि कायम गर्ने उपाय निकालिएको छ । गौर नगरपालिकाले व्यवस्थित रुपमा तरकारीको हाट बजार सञ्चलानमा ल्याएको हो ।नगरपालिका कार्यालयभन्दा पूर्व पट्टी रहेको तरकारी बजारलाई विक्रेता र क्रेताबीच तीन फिटको दुरी कायम गर्ने व्यवस्था मिलाइएको छ ।
‘दैनिक उपभोग्य तरकारीको सहज आपूर्ति र स्थानियको स्वास्थ्य दुवैलाइए ख्याल गर्दै निश्चित दुरी कायम गरिएको हो’ मेयर अजय गुप्ताले भने, ‘तरकारी बजारभित्र प्रवेश गर्नेलाई मास्क अनिवार्य गरिएको छ । तरकारी बिक्रेता र क्रेताबीच दुरी राखिएको छ । तयसमा सशस्त्र प्रहरी बलले सघाएको छ । खरिदकर्ताबीच पनि दुरी कायम गर्न तीन फिटको अन्तर हुने गरी बर्गाकार घेरा बनाइएको छ । र, त्यही लाइनमा बसेर खरिद गर्नु पार्नेछ । यसरी तरकारी खरिद गर्दा सहज भएको गौर ३ का स्थानीय उपभोक्ताले बताए ।