कोरोना भाइरस रोग सम्बंधि पूर्व तयारी तथा प्रतिकार्यको ब्यबस्थामा राजदेवी नगरपालिका।

1471

नवीन कुमार सिंह २०७६ चैत्र ९ रौतहट
चीनको वुहान बाट फैलिएको कोरोना भाइरस रोगको संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिदो क्रममा रहेको र १० हजार भन्दा बढी मानिस हरुको मिर्त्यु भइ सकेको परिप्रेक्ष्यमा राजदेवी नगरपालिकामा यसको संक्रमण भित्रीन र फैलिन नदिन तथा शंकास्पद ब्यक्ति हरुको निगरानी र उपचारको व्यबस्था समेत मिलाउनका लागी राजदेवी नगरपालिकाले ३० सदस्यीय समन्वय समिति गठन गरेको छ।

नगर प्रमुख धिरेन्द्र कुमार सिंहको अध्यक्षतामा भएको बैठकमा जनप्रतिनिधि, स्वास्थ्य संयोजक र स्वास्थ्य चौकी प्रमुख हरु रहने गरी ३० सदस्यीय नगर स्तरीय समन्वय समिति गठन गरिनु को साथै प्रेतक वडामा ५ सदस्यीय समन्वय समिति पनी गठन गर्ने निर्णय भएको छ।
उक्त बैठकमा कोरोना भाइरसको रोकथाम तथा नियंत्रणको लागी आम नागरिक देखी लिएर स्वास्थ्य चौकी, वडा कार्यालय, प्रहरी चौकी, सशस्त्र कैम्प र विद्यालयहरुमा मास्क, हैंडवास, प्लास्टिक एप्रोन, कपडा एप्रोन, सैनिटाइजर, ग्लोब्स, नेपकिन, बाल्टिन लगायत आवश्यक समाग्रीहरु उपलब्ध गराउनुको साथै नगरबासीहरु लाई सचेत गराउन ७ दिन सम्म माइकिंग गराई जनचेतना कार्यक्रम समेत गर्ने निर्णय भएको छ।
कोरोना भाइरस रोगको नियंत्रण तथा रोकथाम का साथ साथै मलेरिया र कालाजार रोकथाम नियंत्रण को लागी १२ लाख रकम उक्त बैठक बाट छुट्याईएको छ।
उक्त बैठकमा नगरप्रमुख धिरेन्द्र कुमार सिंह, उप नगरप्रमुख अंशु सिंह, नि प्रमुख प्रशासकीय अधिकृत संजय पांडे बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थकर्मीहरु र सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो।