नेपाली काङ्ग्रेसद्वारा नागरिकता सम्बन्धी निर्णयको विरोधमा गरुडामा प्रदर्शन

1091

रौतहट, १७ असार । सतारुढ नेकपाले गरेको नागरिकता बिधियेक सम्बन्धी निर्णय प्रती असहमती जनाउदै बुधबार गरुडामा नेपाली काँग्रेसले प्रदर्शन गरेको छ ।
प्रदर्शनकै क्रममा पार्टीले नेकपाद्वारा नागरिकता सम्बन्धी नाराजुलुस लगाई विरोध गरेको थियो । उक्त पार्टीका नेता कार्यकर्ताहरु तथा अधिकारकर्मिहरुले सत्तारुद्ध दलको विभेदपूर्ण तवरबाट मधेशी जनता माथि विभेदपूर्ण व्यवहार गर्न खोजेको भन्दै सो विरोधमा व्यापक प्रदर्शन गरेका थिए ।
बिदेशी बुहारिलाई ७ बर्ष पछि मात्रै नागरिकता दिने प्राबधानबाट नेपाल भारतको जनताहरु बिच सदियौं देखि सम्बन्ध नेपालका अन्तरिम २०६३ को संबिधानमा भएको व्यवस्था लागू नगरिए देशमा आगो बल्ने पुर्व माननीय जितेन्द्र कुमार यादब चेतावनी दिए ।
कांग्रेसका विधायक शेख लाल बाबुले संशोधन विधेयक तत्काल फिर्ता लिन आफ्नो धारण राख्नु भयो ।
नेपाली काग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवको नेतृत्वमा सयौं कार्यकर्ताहरु ओली सरकारले ल्याउन लागिएको नागरिकता ऐन असहमती प्रकट गर्दै गरुडामा सरकार विरुद्ध चर्को नारावाजी गरेका छन् । देश कोरोना भाइरसको चरम शंकटबाट गुज्रिरहेको अवस्थामा जनताको ध्यान अन्यत्र सार्नका लागि नारिकता ऐनमा शंशोधन गर्दै जनताहरु विच विभेद खडा गर्ने दुषप्रयासको विरुध नेपाली काँग्रेस चुप लागेर बस्न नसकने चेतावनी जिल्ला सभापति यादवले दिए ।

ओली सरकार कोरोनाको नामका अर्बौ अर्ब आर्थिक अनियमितता गरेकोमा त्यसलाई ढाकछोप गर्न वेला वेलामा अर्कै कुराहरु उठाएर जनताहरुको ध्यानलाई दिग्भ्रमित बनाउन खोजेको हुँदा नेपाली काँग्रेस यो सरकारको चौतर्फी रुपमा पर्दाफास गरी जनसमक्ष नाँगो पारेर मात्रै विश्राम लिने बताए । कम्युनिष्ट सरकार अधिनायकवादी रबैया प्रती स्थानीय जनता रुष्ट रहेको नेताहरू बताए ।
नेपाली कांग्रेस रौतहटको नेता पुर्व माननीय जितेन्द्र यादब , उप सभापति सुनिल यादब , विधायक शेख लाल बाबू , कांग्रेस युवा नेता प्रेम शकर यादब , जिल्ला सचिव हृदनारायण यादब , राम भरोस यादव , कांग्रेस युवा नेता श्याम प्रसाद यादव , बृन्दावन नगरपालिकाका नगर प्रमुुुख रामस्नेेेेही यादव कटहरिया कमया मेयर प्रत्यासी अजय जसवाल र क्षेत्र (ख) सभापति गजेन्द्र यादब लगायत नेताकार्यकर्ताहरु उल्लेखनीय उपस्थिति थियोे । जुलुसमा सयौं नेताकार्यकर्ता उपस्थिति भैइ भेला ले पार्टी कार्यालय बाट नगर परिक्रमा गरि भव्य रुपले कार्यक्रम सफल भएको नेपाली कांग्रेस रौतहटको चर्चित युवा नेता नितेश कुमार गुप्ताले बताउनु भयो ।