राम प्रबेश बैठा /राैतहट/फागुन १७ प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा मुद्वती बचत शिविर वृन्दाबन नपामा सुरु भएको छ । वृन्दाबन नपाका उपमेयर नुरजहान खातुन र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले संयुक्त रूपमा दिप प्रज्वलन गरि कार्यक्रम काे उदघाटन गरेका थिए ।
राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा उपमेयर खातुनकाे अध्यक्षता रहेको थियोे । कार्यक्रम काे संचालन रमेश यादवले गरेका थिए भने कार्यक्रम काे समापन उपमेयर खातुनले गरेकि थिईन् । बृन्दाबन नपाकाे प्रांगणमा पहिलो दिन शिविर राखिएको थियो जसमा ६० जना छाेरी हरूकाे विमा गरिएको बेटि पढाउ ,बेटी बचाउ अभियान राैतहटका संयाेजक कृष्णा साहले जानकारी गराए । २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएकाे थियाे । बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले ३ लाखको लागि पर्ने प्रिमियम जम्मा गर्नेछ ।
सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएकाे छ । साे रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएकाे छ । भाेली फागुन १८ गते वाड नम्बर ४,५काे लागि हर्दिया वडा कार्यालयमा र फागुन १९ गते वडा नम्बर ६ , ७,८ र ९ काे शिविर वडा कार्यालय सखुअवा धमाैरामा शिविर संचालन हुने बृन्दावन नपाका स्वास्थ्य सह संयाेजक रामनरेश प्रसाद यादवले जानकारी गराए ।
यस अवसरमा वडा नम्बर २ का वडाध्यक्ष सिकिन्द्र पटेल ,वडा नम्बर २ का वडाध्यक्ष रामेश्वर राय यादव लगायतका वडावासीहरु ,राजनीतिक दलका प्रतिनिधि ,भद्रभलादमी को सहभागीता रहेको थियो । वृन्दाबन नपामा ३ दिन सम्म संचालन हुने शिविरमा बिमा हुने छाेरीहरूकाे घरमा सुबिसु द्वारा तीन महिनाकाे लागि फ्रि वाईफाई जडान गरिने जानकारी गराईएकाे थियो । बिमा शिविरमा बालिकाहरूकाे लागि निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियाे ।