राम प्रबेश बैठा /रौतहट . प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा मुद्वती बचत शिविर वृन्दाबन नपामा आज दास्रो दिन जारी रहेको छ । पहिलो दिन ६० जना छोरी हरूको विमा गरिएको थियो भने आज दोस्रो दिन वाड नम्बर ४,५को लागि हर्दिया वडा कार्यालयमा ४४ जना छोरीहरुको विमा गरिएको बेटि पढाउ ,बेटी बचाउ अभियान रौतहटका संयोजक कृष्णा साहले जानकारी गराए । २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएको थियो । बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले ३ लाखको लागि पर्ने प्रिमियम जम्मा गर्नेछ । सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएको छ । सो रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएको छ । भोली फागुन १९ गते वडा नम्बर ६ , ७,८ र ९ को शिविर वडा कार्यालय सखुअवा धमौरामा शिविर संचालन हुने बृन्दावन नपाका स्वास्थ्य सह संयोजक रामनरेश प्रसाद यादवले जानकारी गराए । यस अवसरमा वडा नम्बर ४ श्यामनन्दन यादव, ,वडा नम्बर ५ का वडाध्यक्ष सुबोध चौधरी लगायतका वडावासीहरु ,राजनीतिक दलका प्रतिनिधि ,भद्रभलादमी को सहभागीता रहेको थियो । वृन्दाबन नपामा ३ दिन सम्म संचालन हुने शिविरमा बिमा हुने छोरीहरूको घरमा सुबिसु द्वारा तीन महिनाको लागि फ्रि वाईफाई जडान गरिने जानकारी गराईएको थियो । बिमा शिविरमा बालिकाहरूको लागि निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो ।