रौतहटमा प्रदर्शन राजा आउ , देश बचाऊ नारा लगाउँदै

1738

रौतहट ।। राजा आऊ देश बचाऊ नारा सहित राजाबादी हरूले रौतहट मा सक्ति प्रदशन गरेको छ । संघीयता लागू भएपछी जनता असुरक्षित तथा महिला हिंसा बढदै गएकोमा राज सस्था पुनः स्थापना गर्नको लागि  रौतहटमा विशाल जुलुस प्रदर्शन गरेको हो  ।  नेपालको झण्डा र पूर्व राजा रानीको तस्वीर सहित निकालिएको मोटर साइकल रैली गौर बाजार परिक्रमा गर्दै चन्द्रनिगाहपुर सम्म पुगेका थिए । गौरको मधेशी क्रांति चौकबाट निकालिएको मोटरसाइकल जुलुस बाजार परिक्रमा गर्दै मुख्य सड़क भएर चन्द्रनिगाहपुर पुगेका थिए । मुलुकमा अन्याय ,अत्याचार , हिंसा , भ्रस्टाचार चरम सीमामा पुगे पछि नेपालमा राजा आउनु पर्ने धरना सहित देश भरी माँ राजाको पक्षमा प्रदर्शन भैरहेको छ । नेपालमा एकात्मक शासन प्रणालीको आवश्यकता भएको राजावादीहरुको भनाइ रहेको छ ।