छोरी शिक्षा विमाको रकम तिन लाख थप्ने : मेयर यादव

1748

रौतहट ११ फागुण । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आग्रहमा रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरन्द्र यादवले छोरी शिक्षा विमाको रकम तिन लाख थप्ने घोष्णा गर्नुभएको छ । प्रदेश २ सरकारको महत्वकांक्षी योजना बटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत सञ्चालित छोरी शिक्षा विमा रकममा नगरपालिकाको तर्फबाट तिन लाख रुपैया दिने मेयर यादवले घोष्णा गरेका हुन ।

मेयर यादवले थप तिन लाख रुपैया दिने घोष्णा गरेसँग स्थानीय र प्रदेश सरकारको तिन तिन लाख गरी छोरी शिक्षा विमाको रकम ६ लाख भएको छ ।
रौतहटको माधोपुर बजारमा आज आयोजित मुख्य मन्त्री स्वच्छता अभियान अन्तर्गत सरसफाई एवं सडक बचाउ कार्यक्रममा मेयर यादवले छोरी शिक्षा विमा रकम तिन लाख थप्ने उदघोष गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउतले छोरी क्ष्शिक्षा विमा रकम बढाउन आग्रह गरेपछि मेयर यादवले सोही मंचबाट छोरी शिक्षा विमाको रकम तिन लाख थपेर दोब्बर पारेकोे बताउनुभयो । मेयर यादव छोरीको विमा रकम तिन लाख दिने घोष्णा गरेपछि माधवनारायण नगरपालिका भित्रका छोरीहरुले अब शिक्षा विमाको रकम ६ लाख पाउने भएको छ ।
विमा रकम बढाएको भन्दै नगरवासीले मेयर विरेन्द्र यादवको प्रशंसा गर्दै उहाँलाई धन्यवाद समेत दिएका छन ।