रौतहट, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफू जहिले पनि गृह जिल्लामा आउदा विपक्षीहरुको पसिना छुट्ने गरेको बताए ।
भ्रष्ट व्यक्तिहरुको व्यवसाय माधव नेपालको आगमन संगै बन्द हुने भएको हुँदा विपक्षीहरुको पसिना छुट्ने गरेको टिप्पणी गरे । भ्रष्टहरुलाई कारवाही गराउन हरेक स्थानमा आफू बोल्ने गरेको तथा उनीहरु विरुद्ध सधै आक्रमक रहदा उनीहरुलाई पसिना छुट्ने गरेको हो, नेता नेपालले भने ।
मुलुकको हरेक तह र तप्का सम्ममा महिलाहरुको समान प्रतिनिधित्वका लागि सकारात्मक सोचको विकास गरेर महिलालाई सशक्त बनाउन आवश्यक रहेको छ ।
रौतहट सदरमुकाम गौरमा राजदेवी मिडिया सेन्टरद्धारा विहिवार आयोजित आठौं जिल्ला स्तरिय महिला साइकल दौड प्रतियोगिताको उदघाटन गर्दै नेता नेपालले उक्त कुा बताउनु भएको हो । महिलालाई भोगविलासको बस्तु, खाना पकाएर घरका सदस्यहरुलाई रिझाउने मात्रै नभई महिलाहरु पनि सम्मानपूर्वक बाँच्ने, आत्मसम्मानको साथै उनीहरुलाई देश विकासको हरेक कार्य संलग्न गराएमा मात्र नेपाल विकसित मुलुकको दाँजोमा उभिन सक्ने बताए ।
संघिय गणतान्त्रिक व्यवस्थामा महिलाहरुलाई सबल र आत्मनिर्भर बनाउने खालको अधिकार सम्पन्न बनाएको प्रष्ट पार्दै संघिय साँसद, प्रदेश साँसद, नगरपालिकाको प्रमुख उप्रमुख, वडाध्यक्ष र सदस्य सम्म पुग्न सफल भएको छ अबको खुडकिला प्रदेशको मुख्यमन्त्री बन्न मात्र बाकी रहेको चर्चा गरे । राष्ट्रपति देखि लिएर वडा सदस्य सम्म महिलाको पहुँच भएको देन अहिलेको शासन व्यवस्थाकै परिणाम रहेको जानकारी दिए ।
आफू २०५१ सालमा रक्षामन्त्री हुँदा नेपाली सेनामा महिलाहरुको सहभागिता गराउन कार्ययोजना लागु गरेपछि महिलाहरु पनि नेपाली सेनामा प्रवेश गर्न पहिलो मौका पाए । “महिलालाई भोग विलासको बस्तु सरह नदेख्न तथा अनाहकमा प्रताडना गर्नेहरुलाई कठोर भन्दा कठोर कानुनी दण्डीत गर्नु पर्ने, महिलालाई अवसर प्रदान गरियो भने पुरुष भन्दा धेरै माथि बढ्न सक्ने आँट उनीहरुमा विकसित हुदै गएकोमा नेता नेपालले खुशी व्यक्त गरे” ।
उहाँले समय परिवर्तन भईसकेकाले अबको दिनमा महिला सशक्त भए कुनै पनी स्थान पाउन सम्भव भएकाले आआफना छोरीलाई कम्तीमा बिए स्नातक सम्म पढाउन आग्रह गरे । एकजना फिल्म निर्माताले बिरगंजकी तेजाब पिडित मुस्कान खातुन र चन्द्रपुरकी तेजाव पिडित सम्झना दासको जिवनमा आधारीत फिल्म बनाउन गईरहेको चर्चागर्दै त्यो फिल्मले अब फेरी समाजमा तेजाव घटना नदोहोरियोस भने उदेश्य रहेको नेता नेपालले प्रस्टयाए ।
नेकपाको वर्तमान सरकारको अवधारण पनि समृद्ध मुलुक र सुखी नेपाली बनाउने मूल मन्त्रका साथ अघि बढिरहेको परिवेशमा भ्रष्टाचारमा लिप्त नभई मुुुलुकको समग्र विकासमा योग्यदान गरेमा यहाँबाट गरिवी, अशिक्षा, वेरोजगारी लगायतका कुप्रथाहरु अन्त्य भई सभ्य एवं विकसित मुलुक बन्ने छ नेता नेपालले स्पष्ट पारे ।
प्रदेश २ को सरकारलाई विकास र समृद्धिको पथमा हिड्न सुझाव दिदै वरिष्ठ नेता नेपालले जनभावना विपरित विकास निर्माणमा गरिने अनियमिततालाई प्रादेशिक सरकारले नसुधारे सरकारबाट बाहिरीने वित्तिकै कारवाहीको लागि तयार रहन समेत चेतावनी दिए । राज्य सत्ता सधै एकनाशको नहुने भएको हुँदा कसै एकको (स्थानीय भाषामा) बपौती सम्पत्ति सरकार नभएको समेत प्रष्ट पारे ।
आफै रौतहट आउदा अधिकाँश विरोधी ठान्नेहरुको जिउ र मुखबाट पसिना निस्कने गरेको टिप्पणी गर्दै २०४७ र २०७२ को संविधान निर्माण गरेकोमा गर्व महसुस गर्दै वरिष्ठ नेता नेपालले केही कमीकमजोरी भएको होला त्यसलाई सुधार्दै अघि बढ्नमा नै वुद्धिमानी रहेको हुँदा धेरै समस्याहरु समाधान हुने छ । मुलुक पछिल्ला अवस्थाबाट मुक्त मई नयाँ उचाई सम्म पुग्न आतुर रहेको र सबै हातेमालो गरेर मुलुकको वृहत्तर हित हुने अभियानमा सहभागी भई भ्रष्टाचार मुक्त, महिला शसक्तिकरण युक्त, समावेशी, सर्वहारा वार्ग, महिला, आदिबासी जनजातीहरुको उत्थान जस्ता महान अभियानलाई सहभागी हुन समेत उनले आग्रह गरे ।
८ औं जिल्ला स्तरिय महिला साईकल दौड प्रतियोगिताको पहिलो, दोश्रो र तृतिय भएका ३ जना महिलालाई जनही ५० हजार, ३० हजार र २० हजार नगद प्रमाणपत्र, दोसल्ला, एक÷एक साइकल वरिष्ठ नेता नेपालले प्रदान गरेको रारजदेवी मिडिया सेन्टरका अध्यक्ष रामपुकार पटेलले जानकारी दिए । कार्यक्रममा उपस्थित संघिय साँसद, प्रदेश साँसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख र सुरक्षा निकायका पदाधिकारी लगायत विभिन्न क्षेत्र प्रतिनिधिहरुलाई वरिष्ठ नेता नेपालद्धारा सम्मानित गरिएको उनले भने ।