इशनाथमा दादुरा रुबेला खोप अभियान अभिमुखीकरण सम्पन्न

40

रौतहट ।। रौतहटको इशनाथ नगरपालिकाको कार्यालयको सभा हलमा नगरपालिका स्वास्थ शाखाको आयोजनामा दादुरा रुबेला खोप सम्बन्धी पालिका स्तरीय खोप समन्वय समिती तथा संचारकर्मीहरुसंगको अभिमुखिकरण तथा योजना तर्जुमा गोष्टी सम्पन भएको छ I यही मिति २०८० फागुन २०-२४ गते सम्म यस नगरपालिकामा दोस्रो चरणको दादुरा रुबेलाको खोप अभियान सञ्चालन गर्न लागिएको आयोजकले जानकारी गराएको छ । दादुरा रुबेला खोप विरुद्धको अभियानमा हुने । यस नगरपालिका भित्रका ९ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिकाहरूले सो खोप लिनुपर्ने शाखा को प्रमुख रबिन्द्र झाले बताउनु भयो ।उनले नौ महिनादेखि पाँच वर्ष मुनिका डिपिटी, बिसिजी र पिसिभी खोप लिन छुटेका बालबालिकालाई दिन मिल्ने बताए । आज भएको कार्यक्रममा झाले दादुरा रुबेला खोप लगाएमा बालबालिकाहरुमा यो रोगले संक्रमण गर्न नसक्ने समेत उनले बताए I साथै बालबालिकाहरुलाई यो खोप दिने र कम्तिमा १८५१२ जना बालबालिकालाई अनिवार्य रूपमा सो खोप लगाउने उनले बताए । इशनाथ नगरपालिकाको नगर प्रमुख कौशल्या देवी सिन्हाको अध्यक्षतामा सम्पन सो गोष्टीमा कार्यक्रममा सहभागी भई आउनुभएका सहभागी दादुरा रुबेला रोग को बारेमा प्रशिक्षण स्वास्थ्य प्रमुख रबिन्द्र झाले प्रशिक्षण दिनु भएको थियो सो गोष्टीमा नगरपालिकाको उपमेयर मो. परवेजले वडा न. १ देखि ९ आठै वडाका वडाअध्यक्षहरु नगरपालिकामा कार्यरत विभिन्न शाखाका शाखाका प्रमुखहरु, कर्मचारी लगायत स्थानीय जनप्रतिनिधिहरु सञ्चारकर्मीहरु लगायत उपस्थिति रहेको थियो ।