रौतहट, ७ फागुन ।
रौतहट ईशनाथ नगरपालिकाले ७० औ प्रजातन्त्र दिवस मनाएको छ । नगरपालिकाले नगर कार्यालय भित्र रहेको झण्डा उतोलन गरि दिवस मनाईएको हो ।

नगरप्रमुख सन्तोष मेहता तथा उप प्रमुख हुस्ने आराले नगरपालिका परिसर आयोजित कार्यक्रममा मैनबति बालि कार्यक्रमको उदघाटन गरेका छन् ।

मैनबतिबाट कार्यक्रमको उदघाटन पश्चात नगरपालिकामा रहेको राष्टिय झण्डा उतोलनको कार्य नगर प्रमुख मेहता, उपप्रमुख आरा तथा निमित प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रम नगर प्रहरीहरुले प्रजान्त्रतका लागि आफना ज्यानको आहुति दिने विर शहिदहरु प्रति सलामी अर्पण गरेका थिए ।