फागुन १ गतेदेखि दादुरा–रुबेला खोप अभियान शुरु हुने

887

काठमाडौं । रौतहटको गौर अस्पतालमा भएको जन स्वास्थ्या कार्यालयको आयोजनामा भएको खोप कार्यक्रम मगलवार भएका छन ।
महेश साह नि.स्वास्थ्या कार्यालय ,अनिल कुमार कर्ण कोल्ड चैन अधिकृत र खोप अधिकृत शिव चन्द्र ठाकुरको उपस्थितिको थियो । आगामी फागुन १ गतेबाट देशैभरी दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु गरिँदैछ । यसै क्रममा रौतहटमा १ लाख २९ हजार ५५१ बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ । रौतहटमा १६ वटा नगरपालिका र २ वटा गाउँपालिका रहेको छ । यस नगरपालिकामा फागुन १ गतेदेखि ९ गतेसम्म सचालन रहेका छन । खोप अभियान पहिलो चरणमा गुजरा नपा , बृन्दावन नपा ,कटहरिया नपा,गरुडा नपा,देवाही गोनाही नपा ,राजदेवी नपा , दुर्गा भगवती गापा , यमुनामाइ गापामा सचालन गर्ने छ ।फागुन १ देखि ९ गतेसम्म सञ्चालन गरिने भएको छ ।
उहाँका अनुसार सबै स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरिसकिएको छ । त्यसैगरी स्वास्थ्य शाखा प्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, खोप दिने स्वास्थ्यकर्मी, स्वयंसेवक सबैलाई प्रशिक्षण दिइएको छ ।