भारतीय अटो रिक्सा बन्दको माग गर्दै गौरमा प्रदर्शन

1816

रौतहट, २१ माघ । अटो ईरिक्सा संगठन गरुडा र नेपाल अटो तथा ईरिक्सा चालक संघ गौरको संयुक्त आयोजनामा भारतीय नम्बर प्लेटको अटो रिक्सा बन्द गर्न स्थानीय प्रशासन माथि दबाव बनाउन मंगलवार गौरमा विरोध प्रदर्शन गरेका छन् ।
नेपाली भुमिमा भारतीय अटो रिक्साहरु निर्वाध रुपमा गुडिरहदा नेपाली अटो इरिक्सा व्यवसायीहरुलाइ निकै मर्का परिरहदा स्थानीय प्रशासनलाई पटक पटक बन्द गराउन कर्यौ पटक ज्ञापन पत्र बुझाउदा समेत कुनै प्रभाव नपरेपछि नेपाली व्यवसायीहरु बाध्य भएर उच्च अदालतको शरणमा पुगेका थिए ।
उच्च अदालत जनकपुरको अस्थायी अदालत विरगंजमा गत मंसिर ३ गते निषेधाज्ञा परमादेशको लागि दायर गरिएको मुद्दा नम्वर ०७६–डब्लु ओ–०१४२ माथि न्यायाधिशद्धय सत्यमोहन जोशी थारु र विरबहादुर डाँगीको संयुक्त इजलाशले व्यवसायी प्रयोजनमा भारतीय सवारी संचालन गर्न रोक लगाउने आदेश दिइको थियो ।
मंसिर ३ गते जिल्ला प्रशासन कार्यालय गौर, गौर नगरपालिका, गौर भन्सार कार्यालयको नाममा परमादेश जारी गर्दै विदेशी नम्वर प्लेटको टेम्पुहरुलाई व्यवसायीक रुपमा चलाउन यातायात व्यवस्था ऐन, २०४९ बमोजिम रोक लगाउने विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट मिति २०७५ पुस ३ गते मा सुचना प्रकाशित गरिए अनुसार र आर्थिक ऐन २०७६ को अनुसुची १ को दफा १२ को उपदफा (ख) बमोजिम बाहेकको अवस्थामा विदेशी (भारतीय) नम्वर प्लेटका टेम्पुहरुलाई नेपाल सरहद (गौर) मा संचालन गर्न, रात्री पार्किग गर्न गराउन नदिनु भनि विपक्षीहरुको नाउमा उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिएको थियो ।
उच्च अदालतबाट पर्मादेश जारी भएको ढाई महिना वितीसक्दा समेत कार्यान्यनमा नआउदा बाध्य भएर पटक पटक स्थानीय प्रशासनको ध्यानाकर्षण गराईरहेका छौं तर राजनितिक चलखेलका कारण अदालतको निर्णय पालना हुन नसकेको गुनासो नेपाल अटो तथा इरिक्सा संघका अध्यक्ष लालबाबु पटेलले गरे । हामो संघर्ष जारी रहने छ, कहिले सम्म कार्यान्वयन हुने हो कुनै ठेगान नरहेको उनले बताए ।
भारतीय अटोलाई बन्द गर्न गौर भन्सार कार्यालय र गौर नगरपालिकालाई पत्राचार गरिएको तथा कतिपय नेपाली नागरिकले नै भारतीय नम्वरको अटो चलाईरहेको हुँदा अनावश्यक रुपमा राजनितिक दवावको साथै सिमापारी भारतमा पनि कुरा लगाएर अवस्था तताउने गरेको कारण विस्तारै कार्यान्वयन हुनेछ जिल्ला प्रशासन कार्यालय श्रोतबाट बुझिएको छ ।