रौतहट , १४ माघ // मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागि घाइते भएका रौतहटको राजदेवी नपा- ५ पताहि निवासी रणवीर सिंहलाई मधेश प्रदेश सरकारका कृषि राज्यमन्त्री योगेन्द्र यादवले आर्थिक सहयोग गरेका छन्।
राज्यमन्त्री यादवले मधेश सरकारको तर्फबाट एक लाख रुपैयाँ सहयोग गरेका हुन्।
राज्यमन्त्री यादव आज सिंहको घरमै पुगेर एक लाखको चेक हस्तान्तरण गरेका हुन्। राज्यमन्त्री यादवले सिंहको घरमा पुगि स्वास्थ्य समस्या समेत बुझेको छ । अहिलेसम्म राज्यमन्त्री यादवको आर्थिक सहयोग लिएको बनाइ रहेको रणधिर सिंहको भनाइ रहेको थियो । स्वास्थ्यको समस्याले गर्दा कुनै काम समेत न गरेको सिंहले आफ्नो टेलीफोनमा कुरा गर्दा यस्तो बताएका थिए । जसपाका केन्द्रीय सदस्य रेवन्त झा लगाएतको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो।