राजदेवी नगरपािलकाको नगर सभा सम्पन्न

2579

राैतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाको चौथो नगर सभा हिउँदे अधिवेशनको उदघाटन सत्र बुधवार संपन्न भएको छ । नगर सभा सदस्यहरुको असन्तुस्टिको बाबजूद पनि नगर सभाको पहिलो बैठक शान्तिपूर्ण वातावरणमा भएको छ ।

तेस्रो नगर सभामा विरोध गर्दै कार्यालयमा तोरफोर गरेकी नगर उपप्रमुख अंशु सिंह को उपस्थतिमा चौथो नगर सभा संपन्न भएको हो ! स्वागत मंतव्य रखने जिम्मेवारी पाएका नगर उपप्रमुख सिंहले नगर सभा प्रति आफ्नो असन्तुस्टि रहेको बताए !

गएको र चालू आर्थिक वर्षको हिसाव किताब मांग गर्दा पनि नदिएको र बहुमति प्रणालीले नगर प्रमुखले नगर सभा गैर्न लागेको आरोप लगाए ! उहाले महिला भएको कारणले नै अधिकारबाट वंचित गर्न प्रयास भैरहेको आक्रोश पोखे ! नगर प्रमुख धीरेन्द्र कुमार सिंहले आर्थिक वर्ष २०७६ / ०७७ को लागि २ करोड़ ९० लाख ६७ हजार ८०० सय रुपैयाको बजेट प्रस्तुत गरे ! प्रमुख सिंहले मधेशवादी दलको दुइ तिहाई सहभागिता रहेकोले आफु माथि लगाइएको आरोप गलत रहेको दावी गरे ! नया नगरपालिका रहेकोले विभिन्न किसिमको समस्या रहेको बताउँदै निर्वाचित नगर सभा सदस्यहरुलाई आफ्नो दायित्व निर्वाह गर्नु पर्ने सुझाव दिए !

कार्यक्रममा नेकपाका नगर अध्यक्ष विश्वनाथ साहले पारदर्शी रुपमा कार्य नभईरहेको आरोप लगाए ! उनले वड़ा नम्बर ६ का अध्यक्षले विना जानकारीको उपभोक्ता समिति बनाएर बजेट खर्च गर्ने गरेकोले खुल्ला रुपमा जनताको विचमा उपभोक्ता समिति गठन गर्ने प्रक्रिया लागू गराउन मांग गरे !

समजवादी पार्टीका नगर अध्यक्ष रामेश्वर प्रसाद यादवले खर्चको पारदर्शिता न्यून रहेको भन्दै आलोचना गरे ! उहाले बागमती नदीको उच्च जोखिममा रहेकोले दीर्घकालीन योजनाको साथ पारदर्शी ढंगबाट अगाडी बढ्नु पर्ने सुझाव दिए ! समाजसेवी नविन कुमार सिंहले पर्यटनको विकासमा नगरपालिकाले लगानी गर्नु पर्ने बताए ! राजदेवी मंदिर सवै भन्दा पुराणों शक्ति पीठको रुपमा प्रसिद्द रहेकोले नेपाल भ्रमण वर्ष मनाई रहदा यसको संरक्षण ,प्रवर्धनमा ध्यान दिन आग्रह गरे !

समाजसेवी सिंहले आरोप प्रत्यारोपको चाकरमा आफ्नो दायित्व भुलाउने र जनता झुक्याउने कार्य न गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिदै आगामी दिनमा जनमत दिएका जनताले हिसाव किताब माग्ने बताए ! आफ्नो विचार राख्दै संचारकर्मी राकेश कुमार यादवले दुइ वर्षको अवधिमा गरेको विकास कार्यको गर्भका साथ उदहारण दिन जनप्रतिनिधिलाइ चुनौती दिए !

मातृभाषाको विकास , संस्कृति ,परम्पराको जगेर्ना , धार्मिक स्थलको संरक्षण गरिनु पर्ने स्थानीय सरकारको अधिकार भित्र रहेकोले यस तरफ लगानी गर्न सुझाव दिए ! पत्रकार यादवले नगरपालिका भित्रमा संचालित रहेको सामुदायिक विद्यालय मध्ये एक विद्यालयलाइ वर्ष भरी सञ्चालन हुने गरी नेपालमा नमूना विद्यालय बनाउन आग्रह गरे ! नगर सभाको उदघाटन सत्रमा सम्पूर्ण नगरसभा सदस्यको सहभागिता रहेको थियो !