काठमाडौँ– संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई छिमेकी राष्ट्र भारतले ‘नेपालको आन्तरिक मामिला’ भनेर टिप्पणी गरेको छ ।आज दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाल सरकारको निर्णयलाई आन्तरिक मामिला भनेका हुन् ।
उनले भनेका छन्, ‘हामीले नेपालमा पछिल्लो राजनीतिक विकासक्रमलाई नोट गरेका छौँ । यी भनेका नेपालले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय लिने आन्तरिक मामिला हुन् । एउटा शुभचिन्तक र छिमेकीका रूपमा भारतले नेपाल र नेपालका जनतालाई विकास, समुन्नति तथा शान्तिको मार्गमा अगाडि बढ्न निरन्तर सहयोग गर्नेछ ।’भारतले पहिलोपटक यस सम्बन्धमा धारणा सार्वजनिक गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेको चार दिनपछि भारतले यसलाई ‘नेपालले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय लिने आन्तरिक मामिला’ भनेको हो ।