रौतहट । नेपाली कांग्रेसले आफ्नो १०० दिने अभियान अन्तर्गत रौतहट जिल्लामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई व्यवस्थित गर्ने, तथा जिल्लास्तरीय संगठनात्मक गतिविधिलाई बलियो बनाउने लक्ष्य राखिएको थियो।
कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि रमेश रिजाल, मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव, र रौतहट जिल्ला सभापति तथा अर्थमन्त्री सुनिल कुमार यादव (जितेन्द्र) सहित स्थानीय तहका जनप्रतिनिधि र कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमले पार्टीलाई गाउँस्तरसम्म थप प्रभावकारी बनाउन र संगठनलाई मजबुत बनाउने दिशामा महत्वपूर्ण योगदान दिएको जनाइएको छ।