काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ।मन्त्री भट्टराई

1902

खगेन्द्र हमाल
२२ पुस, भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुग्नुभएका पर्यटन मन्त्री योगेश भट्टराईले निकालेको र्‍याली (जुलुश)लाई सिड्नी सुरक्षाकर्मीले रोकेको समाचारलाई मन्त्री योगेश भट्टराईले काल्पनिक र गलत समाचार भन्दै खण्डन गर्नुभएको छ ।

भट्टराईले लेख्नुहुन्छ ” अस्ट्रेलीयाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा NRNA लगायतका संघ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । NSW स्टेटका सभामुख सहित अस्ट्रेलीयाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो ।

भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिस्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ !