कटहरिया नगरपालिकाका मेयर कुशवाहालाइ २५ हजार नगद जरिवाना

2398

राैतहट ।। रौतहट जिल्ला अदालतमा विगत ४ वर्ष देखि विचाराधीन अवस्थामा रहेको एक मुद्दामा कटहरिया नगरपालिकाका वर्तमान नगर प्रमुख सियाराम प्रसाद कुशवाहालाइ २५ हजार नगद जरिवाना हुने फैसला भएको छ ।

पौष १४ गते सोमवार भएको नागरिकता मुद्दाको फैसलामा २ जनाको नागरिकता बदर गरी जनही ५० हजारका दरले तथा २१ जनालाइ जनहि २५ हजारको दरले जरिवाना हुने फैसला भएको हो । माननीय जिल्ला न्यायधीश उमानाथ गौतमको एकल इजलासबाट उक्त फैसला भएको जिल्ला अदालतका उपसचिव गुनराज पराजुलीले बताएका छन । फैसलाको पूर्ण पाठ तयार हुन बाकी रहेको छ ।
काठमाण्डौ महानगरपालिका वड़ा नम्बर १३ निवासी सन्त बहादुर श्रेष्ठको जाहेरीले नेपाल सरकार बादी भएको २०७२ साल भाद्र २९ मा दायर भएको फौ नं ००४२ को नागरिकता मुद्दामा प्रतिवादी विदेश भारत विहार जिल्ला पूर्वी चम्पारण बनकटवा प्रखण्ड ग्राम सेमरी चम्पारण घर भई जिल्ला रौतहट हथियाही गाविस ७ बस्ने मीरहसन देवन फकीरको छोरा ६८ वर्षीय हाफिज देवान , ५५ वर्षीय ओली महमद देवन फकीरले झूठा विबरण पेश गरी जन्मको आधारमा लिएको नेपाली नागरिकता बदर गरिएको र दुवै जनालाइ ५० हजारको दरले नगद जरिवानाको फैसला भएको उपसचिव पराजुलीले बताए ।
भारतीय नागरिकलाइ नेपाली नागरिक हो भनी सिफारिस तथा साक्षी सनाखत ,रोहवर बस्ने हथियाही ७ का भैरोलाल महतो ,जगदीश राय यादव , मंजूर बरै ,रामरूप चौधरीको छोरा रूपनारायण चौधरी , जिकरुल देवान , शेख वाजिल्को छोरा शेख हासिम , ओजिर देवान , सीताराम दास तत्मा , सेराजुल देवान ,वड़ा नम्बर ५ बस्ने एमालेका प्रतिनिधि किशोरी प्रसाद कुशवाहा ,माओवादी पार्टीका प्रतिनिधि अहिलेको मेयर सियाराम प्रसाद कुशवाहालाइ २५ हजारका दरले जरिवानाको फैसला सुनाइएको छ ।
हथियाही ७ बस्ने चन्द्रकिशोर ठाकुर , अलीअकबर देवान , बसरूल देवान , रामअधार पंडित ,शेख वजील , हारून देवान , रामएकवाल ठाकुर , वड़ा नम्बर २ बस्ने माओवादी पार्टीका प्रतिनिधि पुनीत ठाकुर शर्मा , ७ बस्ने जनमोर्चा पार्टीका प्रतिनिधि जफरुल देवान , तत्कालीन गा वि स सचिव मनोज झालाइ पनि २५ हजारको दरले जरिवाना भएको छ ।
२०६३ सालमा जिल्ला प्रसाशन कार्यालय रौतहटबाट खटेको नागरिकता वितरण घूमती टोलीमा प्रतिवादीहरुले भारतीय नागरिकलाइ जन्मको आधारमा नेपाली नागरिकता प्रमाण पत्र दिन लगाएकोले बदर गरी नेपाल नागरिकता येन २०६३ को दफा २१ (१) र २ बमोजिम सजाय मांग दावी सहित अभियोग पत्र दायर भएको थियो ।
२०६३ ।११।२७ मा हाफिज देवान ना प्र नं ३२३०६५।२१ र ओली महमद देवानले ३२३०६५।२८ को नेपाली नागरिकता लिएकोमा सो नागरिकता रौतहट जिल्ला अदालतले बदर गरेको छ ।