सिम्ता गाउँपलिकाले सुत्केरी आमालाई उपाध्यक्ष कोसेली वितरण गर्यो

2371

खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत
सुर्खेत/जनतासँग सिम्ता गाउपालिका अन्तर्गत सिम्ताका सुत्केरी अामालाई उपाध्यक्ष काेषेलि वितरण गरिएको छ।
सिम्ता भित्रका अामा र बच्चाको स्वास्थ्य र पाेषणमा सुधार ल्याउने उदेश्यका साथ जनतासँग सिम्ता गाउपालिका कार्यक्रम अन्तर्गत अाव २०६६/०७७ काे गाउँ सभाले नितिगत व्यवस्था गरि उपाध्यक्ष काेषेलि कार्यक्रमका लागि प्रारम्भिक चरणमा ५ लाख बजेट समेत विनियोजन गरेकाे थियो।फलश्वरूप अाज सिम्ताका ८० जना सुत्केरी अामालाई सिम्ताकाे राकम स्वास्थ्य चाैकि बाट उपाध्यक्ष काेषेलि वितरण गरि सिम्ता गापाका उपाध्यक्ष चन्द्रकला शाहीले कार्यक्रमकाे अौपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो।

काेषेलिमा अण्डा,फलफूल र सरसफाइका समानहरू राखिएको छ काेषेलि संगै प्रदेश सरकारले पाेषण सुरक्षा कार्यक्रम अन्तर्गत प्रति सुत्केरी रू दुई हजार नगद पनि वितरण गरिएको थियो।काेषेलि साउन महिला देखि यता सुत्केरी भएका सबै अामाहरूले पाउने र याे कार्यक्रम निरन्तर चलिरहेने र नासाे स्वरुप सधै वितरण गरि सुत्केरी अामा र बच्चाको पाेषणमा सुधार ल्याउने र सम्भव भए घरघरमा गएर काेषेलि वितरण गरिने सिम्ता गाउँपालिका कार्यलय सहायक चन्द्र बहादुर शाहिले जानकारी दिनुभयो।

साथै याे धर्तिमा पहिलोपटक पाहिला टेकेका नानीबाबुहरूकाे सुनौलो भविष्य बनाउने प्रयास सिम्ता गाउपालिकाले गरेको हो।कार्यक्रमकाे अध्यक्षता वडा अध्यक्ष राजेन्द्र सिहकाे र प्रमुख अातिथ्य उपाध्यक्ष चन्द्रकला शाहीकाे रहेको थियो भने कार्यक्रमकाे सञ्चालन स्वास्थ्य शाखा संयाेजक विरेन्द्र पुनले गर्नु भएको शाहीले जानकारी दिए।