‘शाहरुखले चलचित्र खेल्ने घोषणा नगरे आत्महत्या गर्छु’

2009

एजेन्सी // सन् २०१८ मा चलचित्र ‘जिरो’मा अभिनय गरेपछि बलिउडका बादशाहको रुपमा परिचित अभिनेता शाहरुख खानले कुनै चलचित्रमा अभिनय गरेका छैनन्।

सन् २०१३ को ‘चिन्नाई एक्सप्रेस’ शाहरुखको पछिल्लो चर्चित चलचित्र थियो। लामो समयसम्म शाहरुख अभिनित चलचित्र नआएपछि उनका शुभचिन्तकहरु दुखी बनेका छन्।

शाहरुखका एक फ्यानले त शाहरुखले नयाँ वर्षमा चलचित्र खेल्ने घोषणा नगरे आफूले आत्महत्या गर्ने नै बताएका छन्।

भोलि बुधबार नयाँ वर्ष सन् २०२० लाग्दैछ। ट्वीटर नाम एसआरके फ्यान रहेको ट्वीटरबाट शाहरुखका एक समर्थकले भोलि शाहरुखले चलचित्र खेल्ने घोषणा नगरे आफूले आत्महत्या गर्ने लेखेका छन्।

बलिउड हंगामाका अनुसार शाहरुख चाँडै नयाँ चलचित्रमा देखिने छन्। राजकुमार हिरानीले निर्देशन गर्ने चलचित्रमा शाहरुखले अभिनय गर्ने पक्का भएको जनाइएको छ। नेपालखबर