नेपाली काँग्रेसका नेता प्रेमराज राईको ७२ वर्षको उमेरमा निधन

2133
प्रेमराज राईको ७२ वर्षको उमेरमा निधन

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा ओखलढुङ्गाका पूर्व पार्टी सभापति प्रेमराज राईको ७२ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित राईको लैनचौरस्थित मनमोहन सामुदायिक अस्पतालमा निधन भएको राईको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गिय राई २०२९ सालमा तरुण दल काण्ड, २०३१ सालमा टिम्बरबोटे काण्ड, २०३६ र २०४२ साल पटक–पटक गरी साढे पाँच वर्षजति जेल परेका थिए।

पूर्वमन्त्री बलबहादुर राईका जेठा छोरा प्रेमराज कांग्रेस महासमिति सदस्य थिए।

उनको पार्थिव शरीरलाई ओखलढुङ्गाको मोलीस्थित आफ्नै गाउँमा लगिएको र बुधबार मुन्दुम विधिअनुसार संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।