१९ मंसिर, काठमाडौं । सर्लाहीको बलरामा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
बलरा नगरपालिका ११ छटौनामा बस्ने राज किशोर सिंहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएकोले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
यस्तै खोटाङको ऐसेलुखर्क गाउँपालिका(३ चिप्रे बस्ने कमला निरौला९भुजेल०को घरमा आगलागी भएको छ ।
रावाबेशी गाउँपालिका ७ हौचुर बस्ने उनकै भाई २० वर्षीय मिलन भुजेलले मादक पदार्थ सेवन गरी बिहीबार बिहान आगो लगाउँदा घर पूर्णरुपमा जलेर करिब ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । मिलन भुजेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।