‘रिचार्जमा चमत्कार’एनसेलले ल्यायाे लाख रुपैयाँ पुरस्कार

1544

एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’को बारेमा जानकारी सार्वजनिक गर्दै एक टिभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत पाँच भाग्यशाली कोडहरूको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बर बाहक एनसेल ग्राहकले जनही २ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।
आफ्नो कष्टमर लोयल्टी योजनाअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि सञ्चालन गर्दै आएको छ । यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक साता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् । योजनाको पहिलो हप्ता (मंसिर १–७) का विजेता ग्राहकहरूलाई एनसेलले शुक्रबार (मंसिर १३, २०७६) भित्र पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरूले सातामा १ सय रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार साताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।
ग्राहकहरूले १ सय रुपैयाँ वा त्योभन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक १ सय रुपैयाँबराबरको एक विशेष कोड एसएमएसमार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३ सय ५० रुपैयाँ रिचार्ज गर्छ भने उसले तीन विशेष कोड नम्बरहरू प्राप्त गर्छ । त्यसैगरी ग्राहकले ५ सय रुपैयाँ रिचार्ज गरेमा पाँचवटा विशेष कोडहरूप्राप्त हुनेछन् ।
यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । एनसेलले आफ्ना ग्राहकहरूका लागि कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको जनाएको छ ।
यस योजनाअन्तर्गत प्रत्येक साता सोमबार साँझ ६ः३० बजे एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेजमार्फत पाँच भाग्यशाली ग्राहकहरूको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पु¥याई प्रत्येक साताको शुक्रबारभित्र अघिल्लो साताका विजयीहरूलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

सभार कारोबार