महिलाले जन्माइन् तीन सन्तान

2012

५ मंसीर, जनकपुरधाम । जनकपुरधामकी एक महिलाले बिहीबार तीन सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक दुई छोरी र एक छोराको जन्म भएको छ ।

प्रसुतिकाे लागेपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने अनिषा जयसवाललाई जनकपुरधामस्थित धनुषा अस्पतालमा भर्ना गरिएको थियो । २६ बर्षीया उनको बिहीबार एकै पटक तीन बच्चा जन्माएकी हुन् ।

शल्यक्रिया मार्फत प्रसुति गराउँदा तीनकाे जन्म भएको महिलाका पति बजरंग जयसवालले बताए । जन्मेका बच्चाहरुको तौल २ किलो, एक किलो ७ सय र एक किलो ५ सय ग्राम रहेको अनिषाको शल्यक्रिया गर्ने चिकित्सक बृजमोहन रजकले बताए । एक किलो ५ सय ग्राम तौल भएको शिशुलाई एनआइसियुमा राखिएको छ ।

श्राेत अनलाइनखबर