रौतहट ।। राजपुर बम विस्फोटमा पूर्व मन्त्री अफताब आलमको रौतहट जिल्ला अदालत गौरमा चलिरहेको बहस आज बहस सकिएको छ । बहस सकिए पछि आजै साझा सम्ममा रौतहट जिल्ला अदालतबाट थुनामा राख्ने वा नराख्ने भन्ने आदेश आउने सम्भवाना रहेको देखिन्छ ।
आदेश आउन समय लाग्ने सक्ने रौतहट जिल्ला अदालतका उप सचिव गुनराज पराजुलीले जानकरी गराएको छ ।
यसै विच राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका मो. अफताव आलमले घटना नै नभएको पुरानै दाबी दोर्होयाएका छन् ।
जिल्ला अदालत रौतहटमा चलिरहेको थुनछेक बहसको अन्त्यमा उनले भने, राजपुरमा बम विस्फोटको घटना नै नभएको उनको दाबी छ ।
राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ गते असोज प्रहरीले पक्राउ गरेको थियो ।
रौतहट क्षेत्र न. २ बाट निर्वा्चित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ ।