सामाजिक कार्यमा अग्रसर अनेरास्ववियू

1745

खगेन्द्र हमाल // प्रदेश नं २ को महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अनेरास्ववियूले शैक्षिक सामाग्रीका लागि आर्थिक सहयोग गरेको छ।गौशाला नगरपालिका वडा नं ६ स्थित मुसहर बस्तीमा शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री जुटाउन १५ हजार रुपैया सहयोग गरेको केन्द्रिय नेता महेश जिसिले जानकारी दिनुभयो । गौशाला नगरपालिकामा मात्रै नभएर अब देश ब्यापुरुपम अनेरास्ववियुले मुसहर बस्तिमा शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकाहरुलाई सहयोग गरेर उनिहरुको शिक्षा स्वास्थ्य लगायतका सम्पुर्ण मानव जिवनमा आवस्यक पर्ने आधारभूत आवस्यकताहरुलाई मध्यनजर राख्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेता अमरजंग शाही, क्षितीज सापकोटा , सुर्यनारायण साह लगायतका अनेरास्ववियूका केन्द्रिय नेताहरुको टोलिले शैक्षिक सहायतका साथ साथै सरसफाई पनि गरेको अनेरास्ववियुका केन्द्रिय सदस्य महेश जिसिले जानकारी दिनुभयो। साथै आगामी दिनमा मुसहर बस्तीमा रहेका परिवारहरुको जीवन उकास्नका निमित्त थप सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे।