राैतहट ।। संघिय सासद अनिल झा र प्रदेश विधायक कृषि राज्य मन्त्री योगेन्द्र यादबलाई कांग्रेस युवा नेता नितिश कुमार गुप्ताको कडा चुनौती कम्युनिष्ट सरकार र प्रदेश सरकारले के गर्यो ?
प्रदेश नं.२ मा सस्तो लोकप्रियता नारा लगाएर मधेसी जनतालाई दु:खद परेको बेला केन्द्रिय सरकार र प्रदेश सरकारलाई काेराेना भाइरस को सन्दर्भमा जनताको तर्फबाट गम्भीर प्रश्नपत्र ?
१.रौतहटका क्षेत्र १ बाट सस्तो लोकप्रियता नारा लगाएर प्रतिनिधि सभा र प्रदेश विधायक पदमा निर्वाचन भएर प्रदेश सरकारको कृषि राज्य मन्त्री भएर हाल सम्म मधेसवादीको नेतृत्वमा रहेका प्रदेश सरकारले काेभिड १९ ले पारेका प्रभावको ब्यवस्थापन र लकडाउन लाई सफल गर्न के के गरयो ?
२.प्रदेश नं.२ सरकारले जनताले भोगिरहेका समस्या निवारणका लागि अहिलेसम्म केके गरेका छन ?
३.जनतालाई लिखित जवाफ दिनु महोदय लकडाउन र काेभिड-१९का सवालमा अहिलेसम्म प्रदेश सरकारले कती वटा कोरोना अस्पताल बनाएको छ र तपाई आफ्नो जिल्लामा कतीं कोरोना अस्पताल र कती वोटा क्वारेन्टाइन बनाउनुभो , कहा कहा गरिब दिन दुखितलाई राहत बितरण गर्नुभो ?,
४. प्रतिनिधि सभा निर्वाचित सदस्य अनि झा.ले स्थानीय जनतालाई स्वास्थ सम्बन्धि अति आवश्यक समाग्री वितरण गरेको खोई ?
५.कम्युनिष्ट सरकारले अति विपन्न वर्ग र दलित मजदुरलाई विशेष राहतको व्यवस्था किन गरेन ?
६. प्रदेश २ को मुख्य मन्त्रीको प्रभावकारी भुमिका कहि कतै देखिएन लालबाबु राउत ज्युको नेतुत्वका मन्त्रीहरु कता लुकेर बसेको छ ?
७. आफ्नो श्रीमतीलाई भोतिक मन्त्री बनाएको मा. अनिल झाले पनि स्थानीय जनतालाई राहत वितरण गरेन ?
८.प्रदेस सरकार अहिलेको संकटमा कहा के के गरयो ? कुनै महत्त्वपूर्ण काम भए बताउनु पर्यो ।
९.नस्वास्थ समाग्री प्रदेश सरकारले कहा कती र कसलाई उपलब्ध गराएको जानकारी पाऊँ ?
१०.बिना बजेट कै दिनरात शिलान्यासमा व्यस्त राज्य मन्त्री योगेन्द्र यादब स्थानीय जनतालाई के के सेवासुविधा उपलब्ध गराएको ?
११. आफनै क्षेत्र का जनताहरुलाई वेवास्ता किन ?निर्वाचनको बेला झूठ कुरा मात्रै ? अब दारु मास वितरण गरि भोट् लिने खेल चलदैन ?