महरा माथि रोशनीले इजलासमै दिइन् निवेदन

1191
रोशनीले इजलासमै दिइन् निवेदन

निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको भन्दै जाहेरी दिएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले जिल्ला अदालत काठमाडौंमा एक निवेदन दिएकी छन्।

न्यायाधीश बाबुराम सुवेदीको इजलासमै निवेदन दिएको स्रेष्तेदार आनन्द श्रेष्ठले सेतोपाटीलाई बताए। तर उनले दिएको निवेदनमा के छ भन्ने कुरा आफूलाई थाहा नभएको उनले बताए।

ुउहाँले दिएको निवेदन इजलासले लिएर मिसिलमा संलग्न गरेको छ। त्यसमा के लेखिएको छ मलाई जानकारी छैन। निवेदन दिएको भए पछि मुद्दाको रोहमा हेर्न मिल्छ,ु उनले भने।न्यायाधीश सुवेदीको इजलासले आजै महरमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको छ।

सरकारी वकिल कार्यालयले सात दिन समय मागेकोमा अदालतले पाँच दिनमात्र म्याद थपिदिएको हो।आजदेखि प्रहरीले उनको बयान लिन सुरू गरेको थियो।

आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै घटना लगत्तै असोज १२ गते शाहीले प्रहरीमा उजुरी दिएकी थिइन्।

यो घटना बाहिरिएर चौतर्फी आलोचना भएपछि महराले सभामुखको पदबाट राजीनामा दिए थिए तर सांसदको पदबाट भने राजीनामा दिएनन्।शाहीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले महरालाई असोज १९ गते सभामुख भवन बालुवाटारबाट पक्राउ गरेको थियो।पक्राउ परेसँगै उनले सांसदको हैसियत गुमाएका छन् भने सेवासुविधा पनि रोक्का भएको छ।