खुलेन भार्तीय बोर्डर !

2609

अमित ठाकुर।रौतहट।असार २१। बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाईरसको बेला बन्द भएको नेपाल भारत बोर्डर १५ महिना बितिसक्दा पनि भार्तीय पक्षले खुल्ला गरेको छैन्। लगभग १५ महिना देखि बन्द रहेको रौतहट जिल्लाको सदरमुकाम गौर बैरगनिया बोर्डर नेपालले खुल्ला गरेता पनि भारतले खुल्ला गरेको छैन्। नेपाल भारत बोर्डरमा आज बिहान गौर नाकाको बेरियर खुल्ला गरेता पनि बैरगनिया बोर्डरका एसएसबी प्रहरीले आवगमणमा रोक लगाएको हो। बोर्डर बन्द अवस्थामा सेवाग्राहीहरु तथा स्थानीयहरुले नेपाल भारतमा चोर बाटो अपनाई आवगमण गरिरहदा अहिले बाढीको पानीले पुरै थप पार्दा पैदल यात्रीको सहजका लागि गौर नाका खुला गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो। १५ महिना देखि बन्द रहेको नेपाल भारत बोर्डरमा नेपालका गौर नाका खुला गरेता पनि भार्तीय प्रहरीको दादागिरीले गर्दा बैरगनीया नाका थप नै रहेको हो। हिजो सम्म भार्तीय नाका खुला रहदा आज एकाएक भार्तीय एसएसबीले भार्तीय नाका बन्द गरेको बुझिएको हो। गौर नाका खुला गर्दा भन्सार एरियामा मान्छेहरुको चहलपहल बढेको देखिएको हो। नेपाल भारत संग बेटी रोटीको संबन्ध रहदा पनि भार्तीय प्रहरी मुखदर्शक बनेको देखिएको हो। सयौं संख्यामा आएको मान्छेहरुलाई भारत छिर्न नदिदा सेवाग्राहीहरु बोर्डर मै बसेका छन्। भार्तीय एसएसबीका अनुसार हाम्रो माथिबाट आदेश नआएको हुँदा बोर्डर नखुलेको उनिहरुको भनाइ छ। तर जिल्लामा दर्जनौं नेता तथा जनप्रतिनिधि हुँदा पनि जन्ताहरुको दु:ख पोखेका छन्।