निरन्जन राम र विजय रामको परिवारलाई नगद र खानेकुरा सहयोग

1474

रौतहट । यहि साउन ३१ गते विभत्सव तरिकाले हत्या गरिएका निरंजनराम र अनुसन्धानको क्रममा प्रहरीको कुटाईबाट मृत्यु भएका बिजयरामको परिवारलाई आज गरुडा नगरपालिका नगर प्रमुख ईनु राय यादव र उप प्रमुख रंगीला जयसवाल ले नगद सहित केही खानेकुरा सहयोग गरेका छन् ।

मृतक दुबै परिवारलाई रु एक-एक लाखको चेक सहित चावल १२५ किलो, दाल १० किलो नमक १०किलो, खानेतेल १० लीटर र फलफूल सहयोग गरेका छन।

सोहि अवसरमा कृषि सहकारी राज्यमंत्री योगेंद्र यादव, प्रमुख जिल्ला अधिकारी इंद्रदेव यादव,जसपा नेता बृजकिशोर यादव, रामप्रवेश दास, अनिल यादव, नेकपा नेता सेख कलीमुल्लाह, जसपा नेता राजकुमार दास तत्मा, दलित प्रतिनिधि बिगू पासवान समेतले पीड़ित परिवार लाई न्याय दिलाउनको लागि प्रतिबद्ध रहेको आसवासन दिएका छन ।

साथै प्रहरी हिरासतमा निर्दोष रहेका ४ जनालाई २४ घण्टा भित्र रिहाई नगरे ससक्त आन्दोलनमा जाने जसपा नेता ब्रीज किशोर यादवले बताएका छन।