रौतहट, माघ २९ – रौतहट जिल्लाको राजपुर नगरपालिकामा विकासका विभिन्न योजनाहरू अघि बढिरहेका छन्। नगर प्रमुख डा. मो. राजीक आलमको नेतृत्वमा नगरभित्रका सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा भौतिक संरचनाका क्षेत्रमा तीव्र विकास भइरहेको छ।
हालै नगर प्रमुख आलमले राजपुर नगरपालिका अन्तर्गत डमार चौकदेखि पानी ट्यांकी जाने सडकमा भइरहेको कालोपत्रे कार्यको अनुगमन गरेका छन्। उनले स्थानियवासीको चाहनाअनुसार विकास योजनाहरू सञ्चालन भइरहेको र तिनले प्रत्यक्ष लाभ पाउने गरी कार्यहरू अघि बढाइएको बताएका छन्।
नगर प्रमुख आलमका अनुसार निर्वाचित भएको दिनदेखि नै आधुनिक सुविधा सम्पन्न र व्यवस्थित नगर निर्माण गर्ने लक्ष्यसहित विकासका कामलाई प्राथमिकता दिइएको छ। स्थानीयवासीहरूमाझ पनि नगरपालिकाले गरिरहेका विकास कार्यको चर्चा चुलिएको छ।
स्थानिय जनताको आवश्यकतालाई मध्यनजर गर्दै शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, तथा अन्य भौतिक पूर्वाधारको विकासलाई प्राथमिकता दिइएको नगर प्रमुख आलमले बताए। नगरपालिकाले आगामी दिनमा अझ बढी जनमुखी योजना ल्याउने तयारी गरिरहेको छ।