दिलिप पाण्डे रौतहट । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन रौतहटको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको प्रमाणपत्र वितरण तथा पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम शुक्रबार गौरमा सम्पन्न भएको छ ।
अध्यक्ष पदमा हरेन्द्र साह कानु निकटतम प्रतिद्वन्द्वी राजाराम केसरीलाई २ मतले पराजित गर्दै विजयी भएका हुन्। उपाध्यक्षमा शिव शंकर भगत, सचिवमा राकेश कुमार श्रीवास्तव, सह-सचिवमा हरिशंकर प्रसाद यादव, कोषाध्यक्षमा भागवत राय यादव, सह-कोषाध्यक्षमा राजकुमार पंडित, र सदस्यमा सत्य नारायण राय यादव, जियालाल भगत, बिरेन्द्र साह, आनन्द किशोर महतो, धनाई राय यादव, सोहन प्रसाद गुप्ता, र सुरेन्द्र साह तेली निर्विरोध निर्वाचित भएका छन्।
शपथ ग्रहण समारोहमा निर्वाचन समितिका संयोजक रामेश्वर प्रसाद यादवले नव निर्वाचित पदाधिकारीहरूलाई टिका लगाई प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष साहले सम्बोधन गर्दै निर्वाचनमा साथ दिने सम्पूर्ण लेखापढी कानुन व्यवसायीप्रति आभार व्यक्त गर्दै संस्थाको विकास, आर्थिक पारदर्शिता र पेशागत मर्यादाको पालना गर्ने प्रतिबद्धता व्यक्त गरे।