लागूऔषधसहित दुई जना पक्राउ

874

मंसिर १४,रौतहट
रौतहटबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्लाको गौर नगरपालिका १ टिकुलियाका २४ वर्षीय टिन्कु कुमार सिंह र सोही स्थानका १९ वर्षीय रोशन कुमार सहनी रहेका छन्।सोमबार दिउँसो लागूऔषध बोकेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले अनिल मिट हाउस भित्र खाजा खादैँ गरेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रवक्ता एवं एसपी बिनोद घिमिरेले बताएका छन्।पक्राउ परेका उनीहरुको साथबाट २०० पत्तामा तिन हजार पिस लागुऔषध नाईट्रोभेट र बि आर ०५ ए एल ४०६९ नम्बरको मोटरसाईकल बरामद गरेको उनले बताएका छन् ।पक्राउ परेका दुवै जनामाथि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।