रिंकु सदा लाई न्यायको माग गर्दै गौरमा भव्य दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न

126

रौतहट – सिरहा जिल्ला अन्तर्गत रिंकु सदा लाई न्यायको माग गर्दै रौतहटको गौरस्थित मधेशी क्रान्ति चौक, घण्टाघरमा दलित संघर्ष समिति, रौतहटको आयोजनामा एक भव्य दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । आज संध्या ५ बजे आयोजित कार्यक्रममा उल्लेखनीय संख्यामा स्थानीय बासिन्दा, अधिकारकर्मी र समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता मटुक पासवानले गर्नु भएको थियो भने विभिन्न दलित अधिकारकर्मी र समाजसेवीहरूले रिंकु सदा लाई शीघ्र न्याय दिलाउन जोडदार माग गरेका थिए । कार्यक्रममा सन्जय पासवान, शिव शंकर पासवान, राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवान, जिल्ला अध्यक्ष गिता पासवान, उदय नारायण राम, सोनेलाल राम र रेनु कुमारी लगायतको विशेष उपस्थिति रहेको थियो ।
वक्ताहरूले रिंकु सदा माथि भएको घटनालाई मानव अधिकारको गम्भीर उल्लंघन भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका थिए । उनीहरूले दलित समुदायमाथि भइरहेका विभेद र अत्याचारको अन्त्यका लागि सरकारलाई दबाव दिन एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।
कार्यक्रममा उठाइएको मागहरु रिंकु सदा को घटनाको निष्पक्ष छानबिन,दोषीमाथि कडा कानुनी कारबाही,पीडित परिवारलाई उचित क्षतिपूर्ति र संरक्षण,दलित समुदायमाथि हुने अन्याय र विभेदको अन्त्यका लागि ठोस नीति निर्माण राखेको थियो ।
कार्यक्रममा सहभागीहरूले दीप प्रज्ज्वलन गर्दै रिंकु सदा लाई न्याय दिलाउन ऐक्यबद्धता प्रकट गरेका थिए । उनीहरूले ‘न्याय नपाएसम्म आन्दोलन जारी रहने’ चेतावनीसमेत दिएका छन् ।
स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिताले न्यायको पक्षमा समुदायको एकता र प्रतिबद्धता देखिएको थियो । वक्ताहरूले समाजमा दलित समुदायमाथिको भेदभाव अन्त्य गर्न शिक्षा, चेतना र कानूनी सुधार आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रमको समापनमा अध्यक्ष मटुक पासवानले उपस्थित सबैलाई धन्यवाद दिँदै, दलित समुदायको हक अधिकारका लागि अझ सशक्त रूपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
रिंकु सदा लाई न्याय दिलाउने अभियानलाई अझ सशक्त बनाउन दलित संघर्ष समिति रौतहटले आगामी दिनहरूमा थप आन्दोलन गर्ने तयारी गरेको जानकारी समेत दिएको छ ।