रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी भेगमा रहेको एक घाइते जङ्गली हात्तीको बिहीबार उपचार गरिएको छ । उक्त घाइते हात्तीको नाम एमगज राखिएको छ र यसको उपचार राष्ट्रिय प्रकृती संरक्षण कोषका पशु चिकित्सक अमिर सडौला र बन्यजन्तु प्राविधिक तीर्थ लामाको टोलीद्वारा गरिएको हो ।
तीन महिना अघिदेखि उक्त हात्तीको दाया खुट्टामा गम्भीर घाउ र धातुको बस्तु फसिएको थियो । जसका कारण हात्तीलाई चल्नमा समस्या भइरहेको थियो । अवस्थामा यस हातीले बस्तीको वरिपरी घुम्न थालेको थियो । केही स्थानीयहरूले यसलाई गोलि हानिएको आशंका गरेका छन् । घाइते हात्तीको दाया खुट्टाको घुडा मुनी धातुको बस्तु फसिएको थियो र यसले हात्तीलाई कठोर चोट पुर्याएको थियो । घाइते हात्तीको उपचार चन्द्रपुर नगरपालिका–२ स्थित हिलेखोलाको पोखरीडाडामा महादेव स्थान सामुदायिक बन उपभोक्ता समूहको जंगलमा गरिएको थियो । उपचार गर्न पशु चिकित्सक अमिर सडौला र प्राविधिक तीर्थ लामाको टोलीले हात्तीलाई टयाककोलाईज (बेहोस गर्ने प्रक्रिया) गरेर उपचार गरे । प्रक्रिया आधा घण्टाभित्र सम्पन्न भएको थियो र उपचार पछि हात्ती व्युँझिएको थियो । पशु चिकित्सक सडौलाले भने हामीले केवल घाइते हात्तीको उपचार मात्र गरेका छौं। हाम्रो मुख्य उद्देश्य यसको उपचार थियो न कि उद्धार । उपचार पछि यसलाई पुनः जंगलमा छोडिएको छ ।
स्थानीयहरूले घाइते हात्तीको बस्तीमा प्रवेश गर्ने जोखिमको बारेमा चिन्ता व्यक्त गर्दै यसलाई नियन्त्रणमा लिनको लागि आग्रह गरेका थिए । हात्तीको आकार र त्यसको जङ्गली स्वभावका कारण नियन्त्रण गर्नु निकै कठिन थियो । स्थानीयको प्रयासहरू असफल रहेपछि हात्तीलाई उपचार पश्चात त्यहि बनक्षेत्रमा छोडिदिनु प¥यो । पशु चिकित्सक टोलीका अनुसार हाती पुरानै स्थानमा फर्किन सक्षम हुनेछ र निको भएपछि पुनः स्थानमा जान सक्नेछ । हात्तीको उद्धारमा कठिनाइका बाबजुद, यसको उपचार सफलतापूर्वक सम्पन्न भएको छ । घटनाले जङ्गली जनावरहरूको उद्धार र उपचारका क्षेत्रमा देखिने चुनौतीहरूलाई प्रकाशमा ल्याएको छ । स्थानीय नागरिक र पशुचिकित्सकहरूको सहयोगले मात्र उपचार सम्भव भएको छ ।