प्रादेशिक अस्पताल गौरको अध्यक्ष हाशमी द्वारा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्टको उद्घाटन ।

127

रौतहट २९ गते बैशाख ।। रौतहटको देवाहि गोनाही नगरपालिका वडा नं १ करुनियामा
टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट आज देखि शुरु भएको छ ।

२०८१ जेठ १५ गते सम्म चल्ने यो टुर्नामेन्टमा प्रथम विजेतालाई नगद रु १३ हजार र एउटा एनोराइड मोबाइल प्रदान गरिने छ भने उप बिजेता टिम लाई पनि नगद रु ६००० हजार र किप्याड मोबाइल
दिनेछन् ।

यो किर्केट टुर्नामेन्टमा रौतहटको २० वटा टिम प्रतिष्पर्धा गर्ने जिनुतुल इसलाम किर्केट कल्बका अध्यक्ष अबुलैस अंसारीले जनाइएको छ ।

टि–ट्वान्टी क्रिकेट उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हाशमीले मन्तब्य राख्दै युवालाई कुलतबाट बचाउन तथा पालिका स्तरमा क्रिकेटको टिम तयार गरी प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउने लक्ष्यका साथ टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट २०८१ को आयोजना गरिएको प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमीले जनाए । साथै मन्तब्यको क्रममा यस जिल्लाको खेलाडिहरुको स्तर वृद्धिका लागी म र मेरो पार्टी हर संभव तयार रहेको अध्यक्ष हाशमीले बताए ।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नं १ करुनीया मा आज देखि आयोजित टि–ट्वान्टी क्रिकेट टूर्नामेंट २०८१ को पहिलो दिनको उद्घाटन खेल जयनगर भर्सेस ईसलामपुर बिच भएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमी, विशिष्ट अतिथि देवाही गोनाही नगरपालिकाको मेयर प्रत्यासी तथा नेपाली काँग्रेस पार्टीका नेता सुरेश प्रसाद यादव, लगायतक खेलाडी र दर्सक को उपस्थितीमा टि–ट्वान्टी क्रिकेट टूर्नामेंट आज उद्घाटन गरियो।