भन्सार छली गरी ल्याउँदै गरेको कपडासहित व्यक्ति पक्राउ

128

रौतहट – रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको कपडासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ५ मा खटिएको प्रहरी चेकजाँच टोलीले भारतबाट अवैध रूपमा चोरीपैठारी गरी ल्याइएको कपडासहित मोटरसाइकललाई नियन्त्रणमा लिएको हो।

प्रहरीले BR07AN5192 नम्बरको मोटरसाइकलमा अन्दाजी रु. ३०,००० बराबरको कपडा ल्याउँदै गरेका व्यक्ति र मोटरसाइकल नियन्त्रणमा लिएको जानकारी दिएको छ। पक्राउ परेका व्यक्ति रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं. ६ बस्ने ३४ वर्षीय अरुण मिया दर्जी हुन्।

बरामद कपडा, अन्दाजी रु. १,००,००० मूल्यको मोटरसाइकलसहित जम्मा रु. १,३०,००० बराबरको सम्पत्ति आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।