रौतहट — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । रौतहटको कटहरिया नगरपालिका वडा नं. ५ निवासी ५२ वर्षीय जितन महतो नुनियालाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो।
प्रहरीका अनुसार जितन महतो नुनियाले मिति २०६५।०९।२४ गते आफ्नै भाई हरिराम महतो नुनियाको श्रीमती २२ वर्षीया शारदा देवीलाई कर्तव्य गरी हत्या गरेका थिए। हत्या पश्चात शव खेतबारीमा गाडेर उनी फरार भएका थिए। घटनाको तीन दिनपछि, मिति २०६५।०९।२७ गते, मृतकको शव खेतमा गाडिएको अवस्थामा फेला परेको थियो।
१६ वर्षसम्म फरार रहेका नुनियालाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरी रौतहट जिल्ला अदालतमा पेश गरेको छ। अदालतबाट पक्राउ पुर्जी जारी गराई थप अनुसन्धान भइरहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए।
प्रहरीले पक्राउपछि सार्वजनिक गरेको प्रतिवादीको पक्राउले पीडित परिवारमा केही राहत पुगेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।