जनस्वास्थ्य कार्यालय गौरमा लागू पदार्थ र एच.आई.भी./एड्सबारे सचेतना कार्यक्रम सम्पन्न

121

रौतहट । रौतहटको गौरस्थित जनस्वास्थ्य कार्यालयमा विद्यार्थी जागरण मञ्च (विजाम) को आयोजनामा सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लागू पदार्थका प्रकार, प्रयोगका कारण, त्यसका स्वास्थ्यमा पर्ने असर, र रोकथामका उपायहरूबारे चर्चा गरिएको थिए । २०७६ को लागू औषध प्रयोगकर्ता सर्वेक्षण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ताको संख्या १,३०,४२४ पुगेको र वार्षिक वृद्धिदर ५.०६% रहेको तथ्यांक प्रस्तुत गरेका छन ।

त्यसैगरी, एच.आई.भी./एड्सको अवस्थाबारे जानकारी दिँदै नेपालमा हालसम्म ३०,३०० अनुमानित संक्रमित रहेको र मुख्य रूपमा जोखिम समूह पीडब्लूआईडी, एफएसडब्ल्यू, एमएलएम, और एमएसएम रहेको जानकारी दिएका छन । बिजामका प्रतिनिधिहरूले लागू पदार्थको हानिकारक प्रभावबारे समुदायमा चेतना फैलाउन, मौखिक प्रतिस्थापन उपचार (ओएसटी), र क्षति न्यूनीकरण कार्यक्रमहरू सञ्चालन गर्न महत्त्वपूर्ण कदम चालिरहेको बताए ।

कार्यक्रममा सहभागीहरूले खुला सिमाना, गरिबी, बेरोजगारी, र फितलो कानूनी कार्यान्वयनजस्ता चुनौतीहरूप्रति ध्यानाकर्षण गराउँदै दीर्घकालीन समाधानका उपायहरू सुझाए दिएका छन । यो कार्यक्रम लागू पदार्थ र एच.आई.भी./एड्ससम्बन्धी समस्यामा जनचेतना अभिवृद्धि र रोकथाममा टेवा पु¥याउने उद्देश्यले सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेश कुमार सिंहले गरेका थिए । रेडक्रस सोसाइटी रौतहट शाखाका अध्यक्ष राजकिशोर यादव प्रमुख अतिथि तथा गौर नगरपालिकाको स्वास्थ्य संयोजक दिनबन्धु साह, प्रोग्राम अफिसर बिरेन्द्र खतिवडा, शैलेन्द्र साह, सुनिल पण्डित, प्रहरी कार्यालयका प्रतिनिधि, र सञ्चारकर्मीसमेतको उपस्थिति रहेको थियो ।