मधेस प्रदेशका चर्चित युवा नेता गुप्ता सुचना संचार तथा प्रचार प्रसार विभागका प्रमुखमा नियुक्त

105

नेपाली कांग्रेस मधेस प्रदेशका चर्चित युवा नेता नितेश कुमार गुप्ता सुचना संचार तथा प्रचार प्रसार विभागका प्रमुखमा नियुक्त भएका छन् ।

     नेता गुप्तालाई नेपाली कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा १३ (११) बमोजिम सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रमुखको जिम्मेवारी दिइएको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले बताए ।

 नेपाली कांग्रेस मधेस प्रदेशका सदस्य समेत रहेका नेता गुप्तालाई सुचना संचार तथा प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारीले मधेश प्रदेशमा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ एवं गतिशील बनाउनमा महत्वपूर्ण योगदान रहने विश्वास सहितको जिम्मेवारी प्रदान गरिएको नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले जनाएको छ ।