ओरिया खोलाबाट पर्सा प्रहरीद्वार भैंसी नियन्त्रण

1505

धर्मेन्द्र प्रसाद यादव , पोखरिया ३२ जेठ – जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले शनिबार रात्रि .०२:३० बजे जिल्ला पर्सा धोबिनी गा.पा.वडा नं.२ आस्बारी बाट दक्षिण र छिपहरमाई गा.पा.१ टोल भलुवहीया बाट उतर दुवै गाउँको बिचमा पर्ने ओरिया खोला स्थित भारतबाट नेपालतर्फ भंसार छली अवैध रुपमा ल्याउदै गरेको ६ भैसी र ३ वटा रांगा गरी जम्मा (नौ) वटा गरी अ.रु २,६७,५०१ मुल्य बराबरको भैसी सहित जिल्ला पर्सा बी.म.न.पा.वडा नं.२७ उदयपुर घुर्मी बस्ने केदार राउत अहिरको छोरा अं.बर्ष ३५ को कामेश प्रसाद यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।