दिल्लीबाट ४ जना बालक सकुशल उद्वार

78

रौतहट । रौतहट जिल्लाको मध्यभाग गरूडा नगरपालिकाका ४ जना बालकलाई भारतको राजधानी दिल्लीबाट सकुशल उद्वार गरिएको छ । गरुडा नगरपालिका जयनगर गाउँका संजीव महतो, भरत किशोर ठाकुर, शेख निराली र सुवोध महतोलाई अभियन्ता सरोज रायले भारतीय प्रहरीको सहयोगमा दिल्लीबाट उद्वार गर्नुभएको हो ।

जयनगर नजिककैको एक गाँउको एक जना मानिसले ती चारै जनालाई काममा लगाउने प्रलोभन देखाई एक महिना अघि दिल्ली लागेका थिए । दिल्लीमा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । ती बालकहरु १३ देखि १६ वर्ष उमेर समूहका रहेका छन् ।

बाल तस्करीको मुद्दामा बालकलाई लैजाने व्यक्तिलाई प्रहरीले हिरासतमा राखेको छ । हिजो शनिबार दुई बालकलाई नेपाल फिर्ता ल्याइएको तथा बाँकी दुई बालकलाई सोमबार फिर्ता ल्याउने अभियन्ता रायले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । भारतमा १८ वर्ष मुनिका बालबालिकालाई श्रम गराउनु गैरकानुनी छ र त्यहाँ बालश्रमको कानुन कडाइका साथ पालना गरिन्छ । तर आर्थिक विपन्नता, अशिक्षाको कारण विभिन्न रोजगारीको नाउँमा रौतहटलगायतका जिल्लाका हजारौं नेपाली बालबालिका भारतको राजधानी दिल्ली, मुम्बईलगायतका सहरहरूमा बालश्रम गरिरहेका छन् ।

अघिल्लो सामग्रीप्रदेश सांसद जेल चलान
यसपछिको सामग्रीईशनाथमा छड्के अनुगमन
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।